समाज


ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानो गौचरणमा राखिने

मन्त्रिपरिषद् बैठकले अन्तिम बिदाइमा गरिने सम्मानको विषयमा निर्णय गर्दै
ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानो गौचरणमा राखिने

नेपालखबर
मंसिर ३, २०८१ सोमबार ८:१५, काठमाडौँ

पूर्वसभामुख दमननाथ ढुंगानाको अन्तिम बिदाइमा गरिने सम्मानको विषयमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने भएको छ। त्यसका लागि सोमबार बिहान नौ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। 

कलेजोसम्बन्धी समस्याबाट पीडित ढुंगानाको आइतबार दिउँसो ८३ वर्षको उमेरमा मध्यबानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।

ढुंगानाको पार्थिव शरीर अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ। 

सोमबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि ढुंगानाको पार्थिव शरीर सानो गौचरणमा राखिने पारिवारिक स्रोतले जनाएको छ। 

मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओली पनि सानो गौचरणमा हुने ढुंगानाको श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुनेछन्। स्वर्गीय ढुंगानाका श्रीमती, दुई छोरा र एक छोरी छन्। 

ढुंगानाको अन्त्येष्टि आजै दिउँसो पशुपति आर्यघाटमा गर्ने तयारी छ। 

सर्वोच्च अदालतबाट वरिष्ठ अधिवक्ताको उपाधि पाएका ढुंगाना २०४८ सालदेखि २०५१ सालसम्म सभामुख बनेका थिए। उनी सरकार–माओवादी शान्तिवार्ताका सहजकर्तासमेत थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad