पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि काठमाडौँको ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ।
कलेजोसँग सम्बन्धित समस्याका कारण ढुंगानाको बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो।
त्यसलगत्तै ढुंगानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शव गृहमा राखेर आज बिहान गौचरण ल्याइएको हो।
सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई राष्ट्रिय सम्मानसहित अन्त्यष्टि गर्ने निर्णय गरेको छ। ढुंगानाको निधनको शोकमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ।
अहिले मन्त्री, सांसद्, विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुले ढुंगानालाई श्रद्धाञ्जली दिइरहेका छन्। श्रद्धाञ्जलीपछि आजै पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गर्ने कार्यक्रम छ।








Shares

प्रतिक्रिया