प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएर बनाएका सामग्री सामाजिक सञ्जालमा फैलाएको आरोपमा पक्राउ परेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीको सिंहदरबार वृत्तको हिरासतमा राखिने भएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले प्रसाईंलाई मंगलबार बिहान भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको थियो।
वीर अस्पतालमा स्वास्थ्य परीक्षणपछि उनलाई साइबर ब्युरो पठाइएको थियो। साइबर ब्युरोको हिरासत नभएका कारण उनलाई सिंहदरबार वृत्तको हिरासतमा पठाइएको साइबार ब्युरो प्रमुख डिआईजी नवीन्द अर्यालले नेपालखबरलाई जानकारी दिए।
फौजदारी कसुरमा दुई महिनाभित्र दोस्रोपटक पक्राउ परेका दुर्गा प्रसाईंमाथि लिखत सम्बन्धी कसुर (किर्ते) र विद्युतीय कारोबारसम्बन्धी अपराध (साइबर क्राइम) मा अनुसन्धान हुने भएको छ।
Shares

प्रतिक्रिया