समाज


मेडिकल कलेज र अस्पतालहरूको शुल्कमा मन्त्री पौडेलको चासो, शुल्कसूची सार्वजनिक गर्न परिपत्र

मेडिकल कलेज र अस्पतालहरूको शुल्कमा मन्त्री पौडेलको चासो, शुल्कसूची सार्वजनिक गर्न परिपत्र

नेपालखबर
मंसिर ६, २०८१ बिहिबार १६:७, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई आफ्नो सेवा शुल्क सार्वजनिक गर्न परिपत्र गरेको छ। 

मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले शुल्क विवरण एक हप्ताभित्र सार्वजनिक गर्न परिपत्र गरेको हो। 

तोकिएभन्दा बढी शुल्क लिएको गुनासो प्राप्त भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबैले थाहा पाउने गरी शुल्क विवरण राख्ने व्यवस्था मिलाउन भनेका थिए। कतिपय नागरिकले शुल्कबारे थाहा नै नहुने गरेको समेत गुनासो गरेपछि मन्त्री पौडेलले शुल्क थाहा पाउने गरी सार्वजनिक गर्न पहल गरेका हुन्। 

मन्त्रालयले पठाएको पत्रमा आफ्ना स्वास्थ्य सेवामा लाग्ने शुल्कको विवरण वेबसाइटमा राख्न तथा सेवाग्राहीले सहजरूपमा जानकारी पाउने व्यवस्था गर्न भनिएको छ। 

मन्त्रालयले पठाएको पत्रमा शल्यक्रिया शुल्क पनि खुलाउन भनिएको छ। यसैगरी सबै खालका शय्याको शुल्क विवरण, रेडियोलोजी सेवा, ल्याबको शुल्क तथा टिकटसहितका अरू सेवाको विवरणसमेत खुलाएर सेवाग्राहीलाई जानकारी गराउन मन्त्रालयले पत्राचार गरेको छ।

‘मन्त्रालयले परिपत्रपछि विवरण सार्वजनिक भए नभएको अनुगमन गर्नेछ,’ मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले भने, ‘बढी लिएको वा शुल्क सार्वजनिक नगरेको पाइए नियमानुसार कारबाही हुनेछ।’

एक हप्ताभित्रमा सार्वजनिक नभएमा कारबाही हुने प्रवक्ता बुढाथोकीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad