समाज


बढ्यो जाडो, कहाँको तापक्रम कतिमा झर्‍यो?

बढ्यो जाडो, कहाँको तापक्रम कतिमा झर्‍यो?

फाइल तस्बिर: काठमाडौँ


नेपालखबर
मंसिर ९, २०८१ आइतबार १९:९, काठमाडौँ

देशभर दिनप्रतिदिन तापक्रम घट्दै र जाडो बढ्दै गएको छ।

मौसम पूर्वानुमान महाशाखाको विवरणले मुलुकका विभिन्न स्थानमा न्यूनतम र अधिकतम दुवै तापक्रम घट्दै गएको देखाएको छ।

महाशाखाको तथ्यांकअनुसार आज (आइतबार) सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम माइनस ३.८ डिग्री सेल्सियस छ। त्यहाँको अधिकतम तापक्रम भने १७.६ डिग्री सेल्सियस छ। 

यसपछि आज सबैभन्दा कम न्यूनतम तापक्रम मुस्ताङको जोमसोममा माइनस १.० डिग्री सेल्सियस छ। यहाँको अधिकतम तापक्रम भने १२ डिग्री सेल्सियस छ। 

तेस्रो नम्बरमा सबैभन्दा कम न्यूनतम तापक्रम दोलखाको जिरीमा ४.९ डिग्री सेल्सियस छ। यहाँको अधिकतम तापक्रम भने १७.६ डिग्री सेल्सियस छ। 

यसैबीच आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियसमा झरेको छ। यो काठमाडौँका लागि यस वर्षयताकै कम हो। उपत्यकाको अधिकतम भने २०.४ डिग्री सेल्सियस रहेको महाशाखाको विवरणमा उल्लेख छ। 

देशका अन्य स्थानको तापक्रम विवरण तल हेर्नुहोस्-

  

मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ। 

न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८:४५ तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। 

अहिले नेपालमा पोस्ट मनसुन सिजन छ। यो सिजन यही नोभेम्बर महिनाभर रहन्छ। डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम लाग्छ। हिउँदयाम नजिकिँदै गरेकाले देशभर चिसो बढ्दै गएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad