आज शनिबार, १५ मंसिर २०८१ (३० नोभेम्बर २०२४)। हेर्नुस् आजको राशिफल-
मेष : नयाँ कार्य प्रारम्भ गर्न सकिनेछ। मित्रहरूले दिएको वचन फेरिन सक्छ। अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ। चोटपटकको भय छ सचेत रहनुहोला। वैदेशिक काम सफल रहनेछ। साँझमा आफन्त र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुन सक्छ।
भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ४१, वैदेशिक कार्यमा ७९ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।
वृष : सामाजिक प्रतिष्ठा कमाउने बेला छ। बन्धुबान्धवबाट विशेष सहयोग मिल्नेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। रोकिएका वैदेशिक क्षेत्रको कार्य सुचारु हुनेछन्। घरायसी काममा उन्नति-प्रगतिको वातावरण बन्नेछ।
भाग्यशाली रङ निलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।
मिथुन : बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ। शुभकार्यको चर्चा चल्ने र आस्था बढ्नेछ। विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ। कृषि बजारको लगानीबाट राम्रै लाभ मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। पुनर्मिलनको योग रहेको छ।
भाग्यशाली रङ पर्पल र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।
कर्कट : दाम, इनाम र प्रतिष्ठाको लागि सहकार्यको योजना बन्ला। रमाइलो यात्रा हुन सक्छ। विनाप्रतिस्पर्धा फाइदा हुने योग छ। घरमा पाहुनाको आगमन होला। विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। धर्म तथा समाजसेवामा मन लाग्नेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
सिंह : दैनिक व्यवहारमा खर्च बढ्न सक्छ। सानातिना समस्यामा अल्झनुपर्नेछ। मनमा चञ्चलता बढ्नेछ। स्वास्थ्यमा समस्या आउला। कृषि, बजार र व्यापार-व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला। सुन्दरतामा धन खर्च हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ।
भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ३५, वैदेशिक कार्यमा ६८ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।
कन्या : ठीक समयमा सही निर्णय लिन सकिएला। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ। खोसिएको अधिकार फिर्ता आउनेछ। स्वास्थ्यप्रति भने सजग रहनु पर्छ।
भाग्यशाली रङ आकासे र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
तुला : कला र गलाको प्रभाव बढ्नेछ। बौद्धिकताको विकास हुनेछ। साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहला। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। प्राविधिक काममा बढी सफलता मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।
भाग्यशाली रङ पहेँलो हो भने अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।
वृश्चिक : सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ। कला र गलाको प्रभाव बढ्नेछ। परिवारमा रमाइलो भेटघाट र जमघट हुनेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। नजिकको मित्रसँगको भेटघाटले मन प्रसन्न हुनेछ। कृषि बजारको लगानीबाट राम्रै लाभ मिल्नेछ।
भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
धनु : मन चञ्चल हुनेछ। ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्ला। मानसिक चिन्ता बढ्नेछ। मनमा निराशा र शरीरमा आलस्य आउला। स्वास्थ्यमा समस्या आउन सक्छ। व्यापार व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला।
भाग्यशाली रङ सेतो हो भने अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४०, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।
मकर : सामाजिक तथा धार्मिक कृत्यमा मन जानेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ला। धन हात पर्न सक्छ। खानपानमा विचार पुर्याउनु होला, स्वास्थ्यप्रति सजग रहन आवश्यक छ।
भाग्यशाली रङ हरियो हो भने अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।
कुम्भ : मीठो बोलीले अरूलाई प्रभावित पारेर काम बन्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्ला। साथीभाइले सहयोग गर्नेछन्। आम्दानी बढाउने काम सुरु गरिएला। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। शुभकार्यको चर्चा चल्नेछ।
भाग्यशाली रङ रातो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६६, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।
मीन : कृषि क्षेत्रमा इच्छानुसार काम गर्ने मौका मिल्नेछ। सामाजिक र परोपकारका क्षेत्रमा लगानी गर्ने समय छ। रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। श्रममूलक वा कृषिक्षेत्रका काममा मन जानेछ।
भाग्यशाली रङ खैरो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
Shares

प्रतिक्रिया