मास्कको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेकाे छ।
७८ हजार थान मास्कसहित काठमाडौं महानगरपालिका–१५ डल्लुबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा काभ्रे रोसी गाँउपालिका–७ का ३० वर्षीय मिन्टु तामाङ, ३५ वर्षीय मानकाजी लामा, रामेछाप गोकुलगंगा गाउँपालिका–२ का २३ वर्षीय अनिष कार्की, बाजुरा छेदेदह गाउँपालिका ६ का २१ वर्षीय थुमराज उपाध्याय, बाजुरा वडिमालिका १ का २५ वर्षीय निर्प कार्की, काठमाडौं नागार्जुन नगरपालिका २ सानोभ¥याङ का २८ वर्षीय उज्वल अधिकारी, रामेछापका २४ वर्षीय शिव खड्का र काभ्रे रोसी गाँउपालिका ७ का २० वर्षीय निशान तामाङ रहेका छन्।
डल्लुस्थित आवसमा मिन्टु तामाङले संचालन गरेको माहाकाल मन्जु श्री ट्रेर्डसमा बजारमा कृत्रिम अभाव हुने गरी मास्क लुकाई छिपाई बढी मूल्यमा बिक्री बितरण गरिरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानको क्रममा ५ रुपैयाँ भन्दा कम पर्ने मास्कलाई ३१ रुपैयाँ मूल्य कायम गरी बिक्री बितरण गर्न लागेको सूचनाका आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ परेका सबैलाई हिरासतमा लिई आवश्यक अनुसन्धान अगाडि बढेको बताए।

प्रतिक्रिया