समाज


काठमाडौँमा जारी रवि लामिछानेको बयान आज पनि सकिन ‘गाह्रो’

काठमाडौँमा जारी रवि लामिछानेको बयान आज पनि सकिन ‘गाह्रो’

नेपालखबर
मंसिर १६, २०८१ आइतबार १४:४१, काठमाडौँ

काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको पनि आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज (आइतबार) दोस्रो दिन पनि बयान लिने क्रम जारी छ। 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख सन्देश श्रेष्ठले अहिले बयान चलिरहेको जानकारी दिए। 

उनका अनुसार आज पनि बयान सकिने सम्भावना कम छ। ‘आज पनि बयान सकिन गाह्रो छ’, उनले नेपालखबरसँग भने। 

बयानका लागि पोखराबाट शुक्रबार काठमाडौँ ल्याइएका पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसँग त्यस दिन ६ घण्टा बयान लिएर हिरासत जिल्ला प्रहरी परिसर काठमाडौँ फर्काइएको थियो।

हिजो शनिबार परेकाले बयान लिइएन। 

आज जिल्ला सरकारी वकिल कार्यालय खुलेकाले उनलाई बयानका लागि फेरि त्यहाँ लगिएको हो। 

काठमाडौँमा जारी बयान सकिएपछि उनलाई पुनः पोखरा नै फर्काइने छ।

उनीविरुद्ध ५ वटा सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ। पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा गत कात्तिक २ काठमाडौँबाट पक्राउ गरी उनलाई पोखरा लगिएको थियो।

त्यसयता उनी कास्की जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा छन्। पोखरामा अझै अनुसन्धान सकिएको छैन।

प्रहरीले उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा समेत अनुसन्धान गरिरहेको छ। यी कसुरमा प्रहरीले ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ।

काठमाडौँ ल्याउनुअघि लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीको अनुसन्धानका लागि रुपन्देही लगी बयान लिइएको थियो र बयान सकेर कास्की नै फर्काइएको थियो। 

यस्तै उनीविरुद्ध सहारा चितवन सहकारी र वीरगन्जको सानापाइला सहकारी ठगीको आरोपमा पनि अनुसन्धान हुँदै छ। चितवनमा उनीविरुद्ध पूरक जाहेरी दर्ता भइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad