समाज


राशिफल १९ मंसिर: तुलालाई नयाँ अवसर मिल्ने, मकरमा छटपटी बढ्ने, तपाईँको के?

राशिफल १९ मंसिर: तुलालाई नयाँ अवसर मिल्ने, मकरमा छटपटी बढ्ने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
मंसिर १९, २०८१ बुधबार ४:३८, काठमाडौँ

आज बुधबार, १९ मंसिर २०८१ (४ डिसेम्बर २०२४)। हेर्नुस् आजको राशिफल-

मेष: लगनशीलताले काम अघि बढ्नेछन्। कामको प्रशंसा वा बढुवाको प्रयास सफल हुनेछ। नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ। कृषि कार्यमा सफलता मिल्नेछ ।

भाग्यशाली रङ खैरो र भाग्यशाली अङ्क १, प्रेम र सम्बन्धमा ५४, व्यापारमा ५३, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।  

वृष: झन्झटिलो काममा संलग्न हुनुपर्ने छ। शरीरमा कमजोरी अनुभूत हुनेछ। समयमा होस नपुग्नाले काम रोकिन सक्छ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ तर साँझमा भने प्रियजनको साथ मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र भाग्यशाली अङ्क ९, प्रेम र सम्बन्धमा ४४, व्यापारमा ४४, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ६५ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। तामसीक भोजन नगर्ने।  

मिथुन: विशिष्ट व्यक्तिको साथ र सहयोग पाइनेछ। आजको दिन मनोरञ्जनपूर्ण रहनेछ। प्राविधिक र जग्गाजमिनको कारोबारबाट फाइदा हुनेछ। पुनर्मिलनको योग छ। मनमा निराशा र शरीरमा आलस्य आउला।

भाग्यशाली रङ आकाशे र भाग्यशाली अङ्क ३, प्रेम र सम्बन्धमा ६२, व्यापारमा ५७, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७२ र शिक्षामा ४६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।  

कर्कट: मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा मिल्नेछ।  परीक्षा, प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। शुभारम्भको चर्चा चल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ सेतो र भाग्यशाली अङ्क ४, प्रेम र सम्बन्धमा ५७, व्यापारमा ५९, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। खैरो रङको प्रयोग नगर्ने। 

सिंह: आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। अध्ययन अध्यापन सफल रहनेछ। दानपुण्य जस्ता कार्यमा सहभागी भइनेछ। सेयर बजारबाट राम्रो सफलता मिल्ला। विलासी बस्तुको प्रयोग गर्न पाइनेछ।

भाग्यशाली रङ निलो र भाग्यशाली अङ्क ५, प्रेम र सम्बन्धमा ६२, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरुको विश्वास नगर्ने।    

कन्या: घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। स्वास्थ्यप्रति सजगता अपनाउनु पर्नेछ। चोटपटकको भय छ सचेत रहनुहोला। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ।

भाग्यशाली रङ रातो र भाग्यशाली अङ्क २, प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४१, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। झुट नबोल्ने।

तुला: नयाँ कामका विभिन्न अवसर फेला पर्नेछन्। प्राविधिक र वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। पुँजी बजारमा गरेको लगानीले सफलता मिल्नेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। शुभकार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ पर्पल र भाग्यशाली अङ्क ७, प्रेम र सम्बन्धमा ८७, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। छल कपट नगर्ने।    

वृश्चिक: धार्मिक र सामाजिक महत्त्व भएको क्षेत्रमा भ्रमण हुनसक्छ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्।

भाग्यशाली रङ खैरो र भाग्यशाली अङ्क ८, प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुण खाने। भरिसक्के लामो यात्रा नगर्ने।  

धनु: धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। आफन्त र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ। मित्र वा आफन्तको सहयोग मिल्नेछ। गोपनीय ढंगले गरिएको काममा सफलता पाउनुहुनेछ।

भाग्यशाली रङ रातो र भाग्यशाली अङ्क ५, प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरुको विश्वास नगर्ने।   

मकर: चञ्चलता र छटपटी बढ्नाले मन कमजोर रहला। मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला। अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ। संयमता अपनाउनु राम्रो हुनेछ तर आफन्तको साथ र सहयोग पाइनेछ।

भाग्यशाली रङ हरियो र भाग्यशाली अङ्क ८, प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, सेयर बजारमा ३२, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।   

कुम्भ: महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। वाणीमा कुशलता आउनेछ। शुभकार्यको चर्चा चल्नेछ। माया प्रेममा सामीप्यता बढ्नेछ। वैदेशिक काममा सफलता मिल्नेछ। आस्था पनि बढ्नेछ।

भाग्यशाली रङ गुलाबी र भाग्यशाली अङ्क ८, प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छल कपट नगर्ने।

मीन: मंगल कार्यको योजना बन्ने योग छ। परोपकारी कार्यमा संलग्न भइनेछ। करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। प्राविधिक कार्यमा जुट्दा फाइदा हुने समय छ।

भाग्यशाली रङ सेतो र भाग्यशाली अङ्क ९, प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। उत्तर दिशा नजाने।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad