समाज


हत्या आरोपमा १२ वर्ष कैद तोकिएकी महिला १५ वर्षपछि पक्राउ

हत्या आरोपमा १२ वर्ष कैद तोकिएकी महिला १५ वर्षपछि पक्राउ

नेपालखबर
मंसिर २०, २०८१ बिहिबार १६:३१, काठमाडौँ

दोलखाको गैरीमुदीमा १५ वर्ष पहिले एक पुरुषको हत्या आरोपमा दोषि ठहर भएकी सोही स्थानकी महिलालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ।

२०६७ असोज २० गते गैरीमुदीका वीरबहादुर तामाङको आफ्नै घरमा खुकुरी प्रहारबाट हत्या भएको थियो।

उनको हत्या आरोपमा वैतेश्वर १ की ४७  वर्षीया कमला कमला तामाङलाई सीआईबीले पक्राउ गरेको हो। उनलाई अदालतले १२ वर्ष कैद सजाय तोकेको छ।

सर्वोच्च अदालतबाट २०७२ भदौ ११ गते कमलालाई १२ वर्ष कैद हुने ठहर भएको थियो।

उक्त फैसलापछि फरार रहँदै आएकी उनलाई बिहीबार सीआईबीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका ४ बाट पक्राउ गरेको सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad