समाज


भारतको पूर्णागिरी मेलामा रोक

भारतको पूर्णागिरी मेलामा रोक

गोकुल जोशी
चैत ३, २०७६ सोमबार १५:२१,

भारतको उत्तराखण्डको प्रसिद्ध तिर्थस्थल पूर्णागिरीमा जारी पूर्णागिरी मेला रोकिएको छ। भारतको उत्तराखण्डको छिमेकी प्रदेशमा कोरोना भाइरसको संक्रमण देखिन थाले पछि मेलामा भाइरस फैलिने भन्दै त्यहाँको प्रशासनले मेला रोकेको भारतीय सञ्चार माध्यम अमर उजालाले समाचार लेखेको छ।

यो मेलाको दर्शन गरे पछि ब्रह्मदेव तथा महेन्द्रनगरमा रहेको सिद्धबाबा मन्दिरमा दर्शनार्थीहरु आउने गर्दछन्।

यस अवस्थामा महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट बच्न ब्रह्मदेव नाकामा कुनै सतर्कता अपनाइएको छैन। तीन महिना भन्दा बढी समयसम्म लाग्ने पूर्णागिरी मेलाले गर्दा नेपालमा पनि कोरोना भाइरस भित्रिने खतरा बढेको छ। कोरोनाको संक्रमण नेपालमा भित्रिने खतरा बढेको भन्दै स्थानीय चिन्तित बनेका छन्।

ब्रह्मदेव नाका अहिलेसम्म कुनै व्यवस्थित हेल्थ डेस्क नराखेको भीमदत्त नगरपालिकाका नगर प्रवक्ता हिमाल चन्दले बताए। ‘हेल्थ डेस्क राख्ने कुरा भएको छ, हामीले आफ्नो क्षेत्रबाट गर्न सक्ने सबै कुरा गर्दैछौँ। ४ जना स्वास्थ्यकर्मी त्यहाँ खटाइएका छन्।’ नगर प्रवक्ता चन्दले भने, ‘औषधि दिइएको छ।’

याे पनि: भारतको पूर्णागिरी मेलाले नेपालमा कोरोना भित्रिने खतरा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad