भक्तपुरको नलिन्चोकमा गएराति मोटरसाइकलको ठक्करबाट ७० वर्षका वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा रामेछापको दोरम्बा गाउँपालिका वडा नम्बर-४ घर भइ हाल भक्तपुरकै सूर्यविनायक नगरपालिका-१० नलिन्चोकमा डेरा गरि बस्ने ७० वर्षीय निमबहादुर मगर रहेका जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए।
जगातीबाट साँगातर्फ जाँदै गरेको बा ४६ प ११२७ नम्बरको मोटरसाइकलले गएराति १० बजे नलिन्चोकमा ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए।
गम्भीर घाइते उनलाई उपचारको लागि मध्यपुर अस्पताल पुर्याइएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको हो।
दुर्घटनापछि मोटरसाइकल चालक काभ्रेको बनेपा-६ का ४४ वर्षीय जितेन्द्र श्रेष्ठलाई प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ।
456
Shares

प्रतिक्रिया