काठमाडौँ उपत्यकामा शनिबारभन्दा आइतबार (आज) चिसो केही कम भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार २ डिग्री सेल्सियसमा झरेको काठमाडौँको न्यूनतम तापक्रम आज ४.५ डिग्री सेल्सियसमा उक्लिएको हो।
मौसम महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज बिहानीपख पूर्वी हावा चलेकाले न्यूनतम तापक्रम केही बढेको हो।
‘पश्चिमी वायुले चिसो बढाउँछ भने पूर्वबाट चल्ने हावाले तापक्रम केही बढाउँछ’, उनले भने।
त्यसो त तापक्रम सधैँ एउटै गतिमा रहँदैन। थोरै कमबेसी भइरहन्छ।
‘तापक्रम एकोहोरो घट्यो भने त माइनसमा गइहाल्छ नि’, मौसमविद् लामिछानेले भने, ‘तापक्रम सामान्य घटबढ भइरहन्छ।’
हेर्नुहोस् देशभरको तापक्रम विवरण (नोटः न्यूनतम आजैका हुन् भने अधिकतम तापक्रम हिजोका)-

मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ।
न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८:४५ तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। यसैले आजको अधिकतम तापक्रमचाहिँ साँझ मात्र आउनेछ।
Shares

प्रतिक्रिया