यस वर्षको ज्यापु रत्न पुरस्कार प्राडा अञ्जना डंगोल सिंहलाई प्रदान गरिएको छ।
२१ औं राष्ट्रिय ज्यापु दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले डा. सिंहलाई सो पुरस्कार प्रदान गरेका हुन्।
काठमाडौं विश्वविद्यालय शिक्षण अस्पतालका प्रोफेसर डा. सिंह अहिले धुलिखेल अस्पतालमा कार्यरत छिन्। उनले बेलायतबाट प्रतिष्ठित पूर्ण छात्रवृत्ति अन्तर्गत पाठेघर खस्ने समस्याको समाधानका बारेमा विद्यावारिधि उपाधि समेत प्राप्त गरेकी छन्।
नेवार समाजले धान्य पूर्णिमाको दिन, आज डिसेम्बर १५ (आइतबार) २१औँ राष्ट्रिय ज्यापु दिवस भव्यताका साथ मनाएको हो।
उक्त वार्षिक कार्यक्रमले ज्यापु समुदायको समृद्ध सांस्कृतिक सम्पदालाई जीवन्त सांस्कृतिक अभियान, परम्परागत जुलुस र नेवार समाजको उत्थानमा उल्लेखनीय योगदान दिएको ज्यापु समूदायको भनाई छ।
कार्यक्रम अन्तर्गत सांस्कृतिक र्याली, वुतु टोल, वडा नम्बर २२, काठमाडौंबाट सुरु भै परम्परागत सांगीतिक बाजा, जातीय भेषभूषा र मनमोहक सांस्कृतिक प्रदर्शनीहरू गरिएको थियो भने प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यमा वसन्तपुर दरबार स्क्वायरमा पुरस्कार वितरण समारोह भएको थियो।
Shares

प्रतिक्रिया