काठमाडौँ महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन भएको छ।
सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा आज (सोमबार) बिहान निधन भएको पारिवारिक स्राेतले जनाएकाे छ।
८५ वर्षीय सिंह लामो समयदेखि अल्सरको समस्याबाट पीडित थिए। पूर्वमन्त्रीसमेत रहेका सिंहले प्रजातन्त्र स्थापनाका लागि गणेशमान सिंहका प्रमुख सहयोगी भएरसमेत काम गरेका थिए।
सिंहको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ सम्म चक्सिबारीस्थित सिंहकै निवासमार त्यसपछि दुईघण्टा कांग्रेस केन्द्रीय कार्यालयमा राखिने छ। उनको आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।
पछिल्लो समय भने उनले कांग्रेस परित्याग गरेका थिए।
२०४९ मा स्थानीय निर्वाचन जितेर सिंह काठमाडाैँ महानगरपालिकाका मेयर बनेका थिए।
927
Shares

प्रतिक्रिया