समाज


चीनमा प्रदूषण घट्दा हजारौं मानिसको ज्यान जोगियो

चीनमा प्रदूषण घट्दा हजारौं मानिसको ज्यान जोगियो

नेपालखबर
चैत ५, २०७६ बुधबार ७:५२,

उद्योगधन्दा, सवारी साधनको आवतजावत, बजार, कार्यालय सबै बन्द हुँदा चीनमा प्रदूषणको मात्रा उल्लेखनीय रुपमा घटेको छ।

चीनमा प्रदूषण घट्दा दशौं हजार मानिसको ज्यान जोगिएको स्ट्यानफोर्ड युनिभर्सिटीका अनुुसन्धानकर्ताले बताएका छन्।

अमेरिकाको क्यालिफोर्नियास्थित स्ट्यानफोर्ड युनिभर्सिटीका अनुसन्धानकर्ता मार्सल बुर्कका अनुसार चीनमा प्रदूषण कम हुँदा प्रदूषणका कारण मत्यु हुने मानिसको संख्यामा ठूलो कमी आएको छ।

चीनले सवारी साधन, उद्योगधन्दा ठप्प पार्दा ५० देखि ७५ हजार मानिसको ज्यान जोगिएको स्ट्यानफोर्ड युनिभर्सिटीको अनुमान छ।

विश्वको प्रमुख अर्थतन्त्र बन्ने होडमा रहेको चीनले केही वर्षयता उद्योग र कारखानामा ठूलो लगानी गरेको थियो। त्यसबीचमा त्यहाँ दैनिक विकास निर्माणको कार्यहुँदा चीनका शहरहरु प्रदूषित शहरका शीर्ष सूचीमा पर्ने गरेका थिए।

Image result for china pollution free

तर गत जनवरीदेखि चीनले शहरहरु ठप्प पारेको छ। अमेरिकी अन्तरिक्ष संस्था नासाले चीनको आकाश सफा हुँदै गएको र त्यहाँको हावा स्वच्छ हुँदै गएको बताएको थियो। नासाले चीनको आकाशको तस्बिर समेत सार्वजनिक गरेको थियो।

चीनको वातावरण मन्त्रालयका अनुसार चीनको हावा पहिलेभन्दा २१.५ प्रतिशतले स्वच्छ भएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार वातावरण प्रदूषणका कारण हरेक वर्ष ७० लाख मानिसको अकालमै ज्यान जाने गरेको छ। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad