समाज


धनुषामा एसईईका परीक्षार्थीबाट घुस लिने प्रधानाध्यापक रंगेहात पक्राउ

धनुषामा एसईईका परीक्षार्थीबाट घुस लिने प्रधानाध्यापक रंगेहात पक्राउ

शैलेन्द्र महतो
चैत ५, २०७६ बुधबार ७:५३,

धनुषामा माध्यामिक शिक्षा परीक्षा (एसईई)का परीक्षार्थीबाट घुस लिने प्राधानाध्यापक रंगेहात पक्राउ परेका छन्।

धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजस्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्र महतालाई बुधबार दिउँसो अख्तियारले विद्यालयबाटै २ हजार रुपैयाँ घुसहित पक्राउ गरेको हो।

बिहीबारदेखि सुरु हुन लागेको एसईई परीक्षाको फारम अघि नभरेको बहानामा प्रवेश पत्र उपलब्ध गराउन एक परीक्षार्थीबाट २ हजार रुपैयाँ घुस लिँदै गर्दा उनी पक्राउ परेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले प्रअ महतोलाई पक्राउ गरेको हो। घटनास्थलमा मुचुल्का गरी प्रअ महतोलाई नगद र प्रमाणसहित नियन्त्रणमा लिएको र भ्रष्टाचार निवारण ऐन अनुसार उनीमाथि विषेश अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको अख्तियारले जनाएको छ।

श्रोतका अनुसार प्रअ महतोले ती विद्यार्थीलाई पहिले परीक्षा फारम नभरेको बताइरहेका थिए। तर ५÷७ हजार रुपैयाँ खर्च गरे प्रवेश पत्र उपलब्ध गराइदिने बताएका थिए।

ती विद्यार्थीले आफूले त्यति तिर्न नसक्ने भनेपछि प्रअ महतोले कम्तिमा दुई हजार रुपैयाँ तिरे मात्र प्रवेश पत्र उपलब्ध गराउने भनेका थिए। ती विद्यार्थीले अख्तियारमा पूर्व सूचना दिएर बुधबार प्रवेश पत्र लिन पुग्दा प्रअ महतो पक्राउ परेका हुन्।

प्रअ महतोले यस्तै बहानामा अन्य पनि एसईईका केही विद्यार्थीहरुबाट घुस लिएको विद्यालय स्रोतले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad