जनमत पार्टीले धोती दिवस मनाएको छ। काठमाडौँको माइतीघर मण्डलमा एक कार्यक्रमका बीच जनमतले धोती दिवस मनाएको हो।
जनमतका अध्यक्ष सीके राउतसहित पार्टीका शीर्ष नेता तथा कार्यकर्ता भेला भएको कार्यक्रमका सहभागीले धोती लगाएर प्रदर्शन गरेका थिए।
प्रदर्शनका क्रममा उनीहरूले ‘धोती हाम्रो शान हो, मधेशीको पहिचान हो!’, ‘मधेशी एकता जिन्दावाद!’, ‘धोती हाम्रो राष्ट्रिय पोसाक हो!’, ‘धोती भैया भनेर हेप्न पाइँदैन!’ लगायतका प्लेकार्ड बोकेका थिए।
कार्यक्रम विद्यार्थी जनमत संघ र युवा जनमत संघको संयुक्त आयोजनामा भएको हो।








63
Shares

प्रतिक्रिया