समाज


काठमाडौंमा टिपरको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

काठमाडौंमा टिपरको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

नेपालखबर
पुस १८, २०८१ बिहिबार १७:३६, काठमाडौँ

काठमाडौंको तारकेश्‍वरमा टिपरको ठक्करबाट ३ वर्षका बालकको मृत्यु भएको छ।

तार्केश्वर नगरपालिका ७ महादेव खोलास्थित सडकमा बा ३ ख ३३४४ नम्बरको मिनि टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने झापा दमक नगरपालिका घर भएकी २५ वर्षीया सबिना घलेको छोरा ३ वर्षीय दिप्शन कुमार धिमालको बिहीबार बिहान मत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad