समाज


सशस्त्रमा इन्सपेक्टरदेखि भान्सेसम्म ११७९ जनाका लागि खुल्यो जागिर (विज्ञापनसहित)

सशस्त्रमा इन्सपेक्टरदेखि भान्सेसम्म ११७९ जनाका लागि खुल्यो जागिर (विज्ञापनसहित)

फाइल तस्बिर


नेपालखबर
पुस १९, २०८१ शुक्रबार ६:४६, काठमाडौँ

सशस्त्र प्रहरी वल (एपीएफ) ले ठूलो संख्यामा जनशक्ति माग गरेको छ। 

एपीएफको प्रधान कार्यालय अन्तर्गतको मानवस्रोत विभागले आज (शुक्रबार) सूचना जारी गर्दै सशस्त्र प्रहरी निरीक्षकदेखि जवानसम्म गरेर एक हजार एकसय ७९ जना जनशक्ति माग गरेको हो।  

जस अनुसार ६८ जना निरीक्षक, ८३ जना सहायक निरीक्षक, ९४१ जना जवान, २० जना भान्से, १९ जना कुचिकार, १० जना सूचिकार, २४ जना परिचर र १४ जना चर्मकर्मी माग गरिएको हो। 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यही पुस २४ गतेदेखि आगामी माघ २४ गतेसम्म निवेदन दिन सक्नेछन्।

हेर्नुहोस् विज्ञापन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad