समाज


रवि रिहा हुनासाथ संसदीय छानबिन समितिका सभापति सूर्यले गरे यस्तो ‘खुलासा’

रवि रिहा हुनासाथ संसदीय छानबिन समितिका सभापति सूर्यले गरे यस्तो ‘खुलासा’

फाइल तस्बिर: सूर्य थापा र रवि लामिछाने


नेपालखबर
पुस २५, २०८१ बिहिबार २१:३४, काठमाडौँ

सूर्यदर्शन सहकारी ठगी प्रकरणका बिहीबार कास्की जिल्ला अदालतले दिएको आदेशबमोजिम ६५ लाख रुपैयाँ धरौटी बुझाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रिहा भइरहँदा संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापा भने ‘सहकारीको रकमबाटै गोरखा मिडिया नेटवर्कमा ७५ लाख रविको सेयरबापत भुक्तानी गरेको खुलासा’ गरिरहेका छन्।

जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासले रविसहित सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका सातै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। 

उक्त आदेशमा रवि लामिछानेबारे लेखिएको पृष्ठको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै संसदीय छानबिन विशेष समितिका सभापति थापाले माथि उल्लिखित ‘खुलासा’ गरेका हुन्।

उनले लेखेका छन्, ‘सहकारीको रकमबाटै सुरुमा गोरखा मिडिया नेटवर्कमा ७५ लाख रवि लामिछानेको सेयरबापत भुक्तानी गरेको खुलासा।’

हेर्नुहोस् सूर्य थापाको पोस्ट-


 

सूर्य थापाकै संयोजकत्वको संसदीय छानबिन समितिको प्रतिवेदनबमोजिम रविविरुद्ध सहकारी ठगी आरोपको अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad