समाज


काठमाडौँ भ्युटावरको नक्सा प्रक्रिया निष्क्रिय

१२ तलाको प्रक्रिया अगाडि बढाउनु पर्नेमा १९ तलाको नक्सा स्वीकृति भएपछि विवाद
काठमाडौँ भ्युटावरको नक्सा प्रक्रिया निष्क्रिय

फाइल तस्बिर


नेपालखबर
पुस २९, २०८१ सोमबार १०:०, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले काठमाडौँको पुरानो बसपार्कमा निर्माणाधीन भ्युटावरको नक्सा प्रक्रिया निष्क्रिय रहेको जनाएको छ। आइतबार सूचना जारी गर्दै महानगरले यस्तो जानकारी दिएको हो।

‘काठमाडौँ महानगरपालिका कार्यालय र जलेश्वर स्वच्छन्द विकोई बिल्डर्स प्रालिबीच मिति २०७१–११–२२ मा काठमाडौँ महानगरपालिका वडा नम्बर २८ पुरानो बसपार्कमा काठमाडौँ भ्युटावर निर्माणका लागि सम्झौता भएको र उक्त प्रालिबाट निर्माण हुँदै गरेको काठमाडौँ भ्युटावर भवनको नक्सा पासको सम्बन्धमा छानबिन समिति गठन भई छानबिनको कार्य भइरहेको हुँदा छानबिन समितिको प्रतिवेदन प्राप्त भई कार्यालयबाट निर्णय नभएसम्मका लागि उक्त भवनको नक्सा पास निष्क्रिय रहेको ब्यहोरा सरोकारवालाको जानकारीको लागि सूचित गरिन्छ,’ महानगरले जारी गरेको सूचनामा भनिएको छ। 

यसअघि काठमाडौँ महानगरपालिकाले भ्युटावरको नक्सा पासमा अनियमितता गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत सुरेश गुरागाईंलाई निलम्बन गरेको थियो। 

काठमाडौँ टावरको १२ तलाको नक्सा पास प्रक्रिया अगाडि बढाउनुपर्नेमा गुरागाईंले प्रक्रिया नै पूरा नगरी १९ तलाको नक्सा स्वीकृति दिएको पाइएको महानगरपालिकाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad