माघे सङ्क्रान्तिलाई मकर सङ्क्रान्ति तथा माघी नामले पनि चिनिन्छ। ज्योतिष शास्त्रअनुसार सौर्यमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो।
सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने सङ्क्रान्ति) र मकर राशि (माघे सङ्क्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ। यो दिनदेखि सूर्य दक्षिणी गोलार्द्धबाट उत्तरी गोलार्द्धतर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ।
माघे सङ्क्रान्तिमा नेपालभरका विभिन्न नदी तथा त्रिवेणीमा स्नान गर्ने प्रचलन छ। साथै यस दिन घिउ, चाकु, तिलको लड्डु र तरुल अनि सखरखण्ड खाने चलन छ।
एकै दिन पर्ने माघे सङ्क्रान्तिलाई नेपालमा भौगोलिक, जातीय र सांस्कृतिक विविधताका आधारमा विभिन्न भेग र समुदायले फरक-फरक ढङ्गले मनाउने गरेको पाइन्छ।
थारू जातिले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् भने मगर जातिले माघ्या/सेर्ल्हेस पनि भन्दछन्। हिमाल, पहाड र तराईमा बसोबास गर्ने बाहुन, छेत्री, राई, मगर, लिम्बु, नेवार, गुरुङ, मगर आदि जातजातिले यस पर्वलाई आआफ्ना परम्परा, विशेषताअनुसार मनाउने गरेको पाइन्छ।
आज काठमाडौँको टुँडिखेलमा थारू, मगर लगायतका जातजातिले आ-आफ्नो सांस्कृतिक पहिचान झल्कने पहिरन, आभूषण, बाजागाजा र झाँकीसहित मनाएका केही तस्बिर:























Shares

प्रतिक्रिया