बागमती


भैँसी चराउन गएका छविलालको गैँडाको आक्रमणबाट मृत्यु

भैँसी चराउन गएका छविलालको गैँडाको आक्रमणबाट मृत्यु

नेपालखबर
माघ १, २०८१ मंगलबार १८:२६, चितवन

गैँडाको आक्रमणबाट माडीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका-३ का ५६ वर्षीय  छविलाल वोट रहेका छन्। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले नजिकैको जंगलमा भैँसी चराउन गएका उनलाई गैँडाले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको जानकारी दिए। उनका अनुसार मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ।

यसैबीच माघे सङ्क्रान्तिका अवसरमा नुहाउन गएक एक जना देवघाटको झोलुङ्गे पुलबाट हामफालेर  बेपत्ता भएका छन्। लमजुङ घर भएका ४१ वर्षीय मदन परियार बेपत्ता भएका हुन्। परियारको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad