समाज


काठमाडौँ अदालतमा ६० लाख धरौटी बुझाएर रिहा हुँदै रवि

काठमाडौँ अदालतमा ६० लाख धरौटी बुझाएर रिहा हुँदै रवि

नेपालखबर
माघ २, २०८१ बुधबार १७:३९, काठमाडौँ

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका अभियुक्त एवं रास्वपा सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा पनि धरौटी बुझाएर रिहा हुँदै छन्। 

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले ६० लाख रुपैयाँ धरौटी माग गरेको छ। लगत्तै रवि लामिछानेका साथै रास्वपा कार्यवाहक सभापति डीपी अर्याल र उनकी श्रीमती निकिता पौडेल धरौटीको प्रक्रिया अघि बढाउँदै छन्।  

अदालतभित्र धरौटीको प्रक्रिया चलिरहँदा रविका समर्थकहरू बाहिर बाक्लो संख्यामा उपस्थित छन्। सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षाकर्मीको बाक्लो तैनाथी छ।

यसअघि पोखराको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख धरौटी मागेको थियो। गत बिहीबार उनी उक्त रकम तत्कालै बुझाएर रिहा भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad