समाज


कस्तो होला आज देशभरको मौसम?

कस्तो होला आज देशभरको मौसम?

फाइल तस्बिर


नेपालखबर
माघ ४, २०८१ शुक्रबार ६:४१, काठमाडौँ

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

यतिबेला (शुक्रबार बिहान) कोसी, बागमती र मधेस प्रदेशसहित देशका पहाडी भूभागको मौसम आंशिक बदली छ। तराईका केही भूभागमा अहिले हुस्सु र कुहिरो लागेको छ।

देशका बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। 

महाशाखाले आगामी २४ घण्टाका लागि जारी गरेको चेतावनी तथा परामर्शमा भनिएको छ, ‘बिहानको समयमा देशका तराई तथा उपत्यका क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’

हेर्नुहोस् अबको ३ दिनको मौसम पूर्वानुमान 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad