समाज


सिन्धुलीमा माइक्रो बस दुर्घटना हुँदा १ जनाको मृत्य, ११ घाइते

गम्भीर घाइते २ जनाको ट्रमा सेन्टर र २ जनाको धुलिखेल अस्पतालमा उपचार हुँदै
सिन्धुलीमा माइक्रो बस दुर्घटना हुँदा १ जनाको मृत्य, ११ घाइते

नेपालखबर
माघ ४, २०८१ शुक्रबार ७:३, काठमाडौँ

काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको माइक्रो बस सिन्धुलीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ११ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ। 

बीपी राजमार्गमा पर्ने सुनकोशी गाउँपालिका वडा नम्बर–७ कानढुंग्रीमा बिहीबार साँझ बा.३ ख ८४४५ नम्बरको माइक्रो सडकबाट तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।  

दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका- १० घर भएका ५० वर्षीय निर्मल गुप्ताको मृत्यु भएको जिप्रका सिन्धुलीका डीएसपी अनिलकुमार खड्काले जानकारी दिए। 

‘दुर्घटनामा गम्भीर घाइते भएका गुप्ताको उपचारको क्रममा गएराति काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको हो,’ खड्काले नेपालखबरसँग भने, ‘घाइते ११ जनामध्ये चार जनाको अवस्था गम्भीर छ।’ 

गम्भीर अवस्थाका दुई घाइतेलाई धुलिखेल अस्पतालबाट राति नै काठमाडौँको ट्रमा सेन्टरमा लगिएको डीएसपी खड्काले बताए। जनकपुर १२ का २३ वर्षीय रिचवन नदाफ र मनिका नदाफको हाल ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ। 

बाँकी दुई घाइतेको धुलिखेल अस्पतालमै उपचार भइरहेको डीएसपी खड्काले बताए। 

त्यसैगरी चारजना घाइतेको खुर्कोटस्थित सुनकोसी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। सामान्य उपचारपछि दुईजना भने डिस्चार्ज भएका छन्। 

गाडी गुडिरहेको बेला टायर पञ्चर हुँदा माइक्रो बस डिभाइडरमा ठोकिएर सडकबाट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

दुर्घटनापछि माइक्रो चालक ३२ वर्षीय सञ्जय कुमार महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad