समाज


हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

नेपालखबर
माघ १०, २०८१ बिहिबार १३:१, काठमाडौँ

रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले निर्णय गरेका छन्।

महँगो औषधि आवश्यक पर्ने रोगको उपचारका लागि धेरै बिरामी तथा सरोकारवालामार्फत निःशुल्क व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै आएका थिए।

जटिल किसिमको वंशाणुगत तथा पछि समेत देखिने यस रोगको उपचारका लागि आवश्यक औषधि अब स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका सङ्घीय अस्पताल तथा प्रादेशिक अस्पतालसँगै अन्य सरकारी अस्पतालबाट उपलब्ध गराउने भएको छ।

विश्व हिमोफिलिया महासङ्घबाट अनुदान प्राप्त गरी सरकारी अस्पतालबाट बिरामीलाई उपलब्ध गराउने निर्णय गरेका छौँ, मन्त्री पौडेलले भने, धेरै पीडित तथा सरोकारवालाबाट महँगो उपचार सरकारमार्फत होस् भन्ने अनुरोध आएको थियो। त्यसलाई स्वीकार गरेका छौँ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस औषधिका लागि राज्यकोषमा भार नपर्ने गरी विश्व हिमोफिलिया महासंघमार्फत प्राप्त गर्ने मन्त्रालय अन्तरगतको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलले बताए।

नेपालमा हाल करिब ९ सय जना यो रोगका बिरामी रहेको पहिचान भएको छ। तर विश्व स्वास्थ्य संगठनले नेपालमा पहिचान हुन नसकेका यस्ता करिब ५ हजार बिरामी रहेको अनुमान गरेको छ।

२०७८ को जनगणनामा २.२ प्रतिशतमा अपाङ्गता देखिएका मध्ये ०.८ मा हिमोफिलिया भएको हुनसक्ने अनुमान गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सङ्घीय, सरकारी तथा प्रादेशिक तहमा मागका आधारमा औषधि उपलब्ध गराउने तयारी गरेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad