समाज


दुई करोडको सट्टेवाजी खेलाएको आरोपमा दुईजना पक्राउ

दुई करोडको सट्टेवाजी खेलाएको आरोपमा दुईजना पक्राउ

नेपालखबर
माघ १४, २०८१ सोमबार १७:५०, काठमाडौँ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २ करोड रुपैयाँ बराबरको अनलाइन जुवा (सट्टेवाजी) गराएको आरोपमा दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाँउपालिका–९ घर भई हाल काठमाडौंको बाफल बस्ने वर्ष ४८ को राज प्रकाश श्रेष्ठ र नुवाकोटको विदुर नगरपालिका–१३ घर भई हाल सोह्रखुट्टे बस्ने वर्ष २३ को हरिचन्द्र भुजेल रहेका छन्।

मन्त्र१०८ नामक वेवसाइटमार्फत सट्टेवाजी गराई रकम संकलन गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटी गएको प्रहरी टोलीले उक्त कार्यमा संलग्न रहेका उनीहरुलाई नियन्त्रणमा लिएको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा बैंक खाता तथा बिनान्स आईडी प्रयोग गरी हाल सम्म २ करोड ४१ हजार ६३६ रुपैयाँ बराबरको कारोबार गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

निजहरुको शरीर तथा कोठा खानतलासी गर्दा विभिन्न सामानहरू समेत बरामद भएको प्रहरीको भनाई छ।

निजहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र सोही संहिताको दफा २६२ (क) १ अभौतिक मुद्राको प्रयोग गर्न नहुने बमोजिमको कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

प्रहरीले उनीहरूबाट विभिन्न मोडेलका मोबाइल सेट थान–४, कम्प्यूटर थान–१, एनसेल सिमकार्ड थान–५०, एनटीसी सिमकार्ड थान–९, विभिन्न व्यक्तिहरूको नाममा रहेका एटीएम कार्ड थान–२७, डायरी थान– ५, चेकबुक थान–७, नगद रु ९० हजार बरामद गरेको सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad