उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ निर्वाचन क्षेत्र-१ का सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर निजी विद्यालयको भन्दा कमजोर नरहेको बताएका छन्।
आज सोमबार पद्यकन्या विद्याश्रम माध्यामिक विद्यालयको ७७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले गुणस्तरीय शिक्षा दिनेमा सामुदायिक विद्यालय अब्बल भएको बताएका हुन्।
'शैक्षिक स्तरमा यो क्षेत्रका सामुदायिक विद्यालयको पनि निजीको भन्दा कम छैन । हाम्रो निर्वाचन क्षेत्रमा त सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर पनि निजीको भन्दा केही कमी छैन,' उनले भने, 'गुणस्तर शिक्षा दिन र अतिरिक्त क्रियाकलापमा पनि र विद्यार्थीको समग्र व्यक्तित्व विकास गर्नेमा सामुदायिक स्कुलहरूले धेरै राम्रो काम गरिरहेका छन् ।’
उनले काठमाडौँ निर्वाचन क्षेत्र-१ को सामुदायिक विद्यालयको भौतिक संरचना, शैक्षिक गुणस्तरमा जोड दिइरहेको बताए। सामुदायिक विद्यालयहरू गुणस्तरीय शिक्षा दिनुका साथै अतिरिक्त क्रियाकलापमा पनि निजी क्षेत्र भन्दा कमजोर नरहेको बताए।
उपप्रधानमन्त्री सिंहले विद्यार्थीको समग्र व्यक्तित्व विकासमा सामुदायिक विद्यालयको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।
Shares

प्रतिक्रिया