समाज


जाजरकोटमा टिपर दुर्घटना हुँदा यात्रुको मृत्यु, सहचालक घाइते

जाजरकोटमा टिपर दुर्घटना हुँदा यात्रुको मृत्यु, सहचालक घाइते

नेपालखबर
माघ २२, २०८१ मंगलबार १७:३८, काठमाडौँ

जाजरकोटको छेडागाड नगरपालिका–११ सिम्लेखोलास्थित सडकमा भे.१ क १०५५ नम्बरको टिपर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ।

मंगलबार बिहान भएको सो दुर्घटनामा टिपरमा सवार दाङ तुल्सीपुर उपमहानगरपालिका–३ बस्ने ४२ वर्षीय हरि प्रसाद भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नगर अस्पताल दल्लीमा उपचारको क्रममा मृत्यु भएको हो।

साथै दुर्घटनामा घाइते भएका टिपरका सहचालकको मध्यपहाडी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने चालकलाई थप उपचारको लागि नेपालगञ्जतर्फ पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad