समाज


फर्पिङ स्कुल बस दुर्घटना : चालक र एक विद्यार्थीको मृत्यु, यी हुन् ३९ घाइते (नामावलीसहित)

फर्पिङ स्कुल बस दुर्घटना : चालक र एक विद्यार्थीको मृत्यु, यी हुन् ३९ घाइते (नामावलीसहित)

नेपालखबर
माघ २७, २०८१ आइतबार २०:०, काठमाडौँ

काठमाडौँको दक्षिणकाली नगरपालिका–३, फर्पिङमा आइतबार स्कुल बस दुर्घटना हुँदा एक जना विद्यार्थी र बस चालकको मृत्यु भएको छ।

८ वर्षका बालक विपिन श्रेष्ठको ट्रमा सेन्टरमा र सवारी चालक ३५ वर्षका राधाकृष्ण मगरको दक्षिणकाली नगर अस्पतालमा मृत्यु भएको हो।

दक्षिणकाली नगरपालिका-३ स्थित भन्ज्याङमा जुनकिरी इङ्लिस बोर्डिङ स्कुलका ५० जना विद्यार्थी बोकेको बस दुर्घटना भएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।

बोहराका अनुसार, स्कुलमा प्ले ग्रुपदेखि कक्षा ५ सम्म पढ्ने विद्यार्थी र शिक्षिका सवार थिए। बा १ क ५६६४ नम्बरको बस अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनापश्‍चात् प्रहरी वृत्त कीर्तिपुर र इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको टोलीले घाइतेको उद्धार गरेको थियो।

दुर्घटनामा घाइते भएका विधार्थी, शिक्षकहरूलाई नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी तत्काल मनमोहन अस्पताल फर्पिङ, दक्षिणकालीको नगर अस्पताल, चाल्नाखेलमा उपचारको लागि पठाइएको थियो। उनीहरूलाई सामान्य उपचारपश्‍चात् थप उपचारको लागि विभिन्न अस्पतालमा पठाइएको छ।

यी हुन् घाइतेहरू
मनमोहन अस्पताल फर्पिङमा उपचारार्थ

१. काठमाडौँ दक्षिणकाली नगरपालिका वडा नं ४ बस्ने वर्ष १४ का सुशन तामाङ (अवस्था सामान्य) १७:३५  बजे डिस्चार्ज।

२. दक्षिणकाली नगरपालिका वडा नं ४ बस्ने वर्ष १७ की अनुष्का मानन्धर (अवस्था सामान्य)

३. दक्षिणकाली नगरपालिका वडा नं ४ बस्ने वर्ष १० का आरुष मानन्धर (अवस्था सामान्य)

४. दक्षिणकाली नगरपालिका वडा नं ४ बस्ने वर्ष ७ की रियाना तामाङ (अवस्था सामान्य)

५. दक्षिणकाली नगरपालिका वडा नं ४ बस्ने वर्ष ४ की सहारा श्रेष्ठ (अवस्था सामान्य)    

कीर्तिपुर अस्पताल
१. वर्ष ८ की निकुल श्रेष्ठ

२. वर्ष ४ की सान्वि श्रेष्ठ

३. वर्ष ५ की सकुशल श्रेष्ठ

४. वर्ष १० की आरोशी मिश्रा

५. वर्ष १२ की गञ्जन रमतेल

ट्रमा सेन्टर काठमाडौँ
१. वर्ष १० का मिसन श्रेष्ठ

२. वर्ष २ का अभ्यान महर्जन

३. वर्ष ७ की एन्जल सुस्लिङ 

४. वर्ष १० की सृष्टि तामाङ

५. वर्ष ९ की स्वर्णिम श्रेष्ठ

६. वर्ष ३ की कबिन राई

७. वर्ष ११ का विलशन श्रेष्ठ

८. वर्ष ६ का मन्जिल राई

९.वर्ष  ३ की कमला श्रेष्ठ (शिक्षिका)

१०. वर्ष ३ का आयात श्रेष्ठ

मेडिसिटी अस्पताल, भैंसेपाटी, ललितपुर
१. वर्ष ५ की वैभव खड्का

२. वर्ष ७ का प्रज्ज्वल बस्याल

३. वर्ष १२ का सुमित श्रेष्ठ

४. वर्ष ५ की स्नेहा बस्याल

५. वर्ष ११ की रक्षा गिरी

६. वर्ष २ की समिरा बस्याल

७. वर्ष ६ का प्रणजित खड्का

दक्षिणकाली नगरअस्पताल चाल्नाखेल
१. वर्ष ८ की सृष्टि थापा

२.वर्ष ७ की दिपशिका तामाङ

३.वर्ष ७ की कृजिया बस्याल

४.वर्ष ५ की एमि रोक्का

बयोधा अस्पताल बल्खु
१.वर्ष ११ की सोनिया केसी

२. वर्ष १२ की आराध्या मिश्रा

३. वर्ष १२ का विगेश श्रेष्ठ

४. वर्ष १२ की सिसम थापा

सहिद मेमोरियल अस्पताल, कलंकी
१. वर्ष ५० की सुमित्रा केसी (अवस्था सामान्य)

२. वर्ष ३ की एड्रिना केसी (अवस्था सामान्य)

३. वर्ष ७ की संस्कृति तिमिल्सिना (अवस्था सामान्य)

नर्भिक अस्पताल, थापाथली
१. वर्ष ११ की दीपक्षिका श्रेष्ठ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad