आज (आइतबार) राति देशका तीनवटा प्रदेशका हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज राति कोसी प्रदेशको हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
यस्तै गण्डकी प्रदेशको हिमाली क्षेत्रका पनि एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
यसैगरी कर्णाली प्रदेशको हिमाली क्षेत्रका पनि एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसबाहेक अन्य प्रदेशमा भने कतै कतै मौसम बदली (आकाशमा बादल) भए पनि हिमपात तथा वर्षाको सम्भावना देखिएको छैन।
आज रातिको सम्भावित मौसमबारे विस्तृत विवरण तल-

249
Shares

प्रतिक्रिया