दाङको घोराहीमा आधा किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका १४ मिलन चोक बस्ने २५ वर्षका रन्जित रसाईली ४९७।०४ ग्राम सुनसहित पक्राउ परेका हुन्।
लु ४६ प ६१६१ नम्बरको मोटरसाइकलमा अबैध रुपमा सुन ल्याउँदै गरेको सूचनाका आधारमा प्रहरीले ट्राफिक चोकमा केचजाँच गरेको थियो।
चेकजाँचको क्रममा रसाइलीको साथबाट २ वटा सिक्री र सुनको सानो डल्लो फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डीएसपी चक्रबहादुर शाहले जानकारी दिए।
रसाईलीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
237
Shares

प्रतिक्रिया