बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरुमा रोजगारीका लागि लैजाने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा डोटीको बडिकेदार गाउँपालिका ३ घर भइ काठमाडौँ महानगरपालिका–१४ बस्ने २९ वर्षीय पूर्णबहादुर जेठारा र नुवाकोट बेलकोटगढी नगरपालिका–१२ घर भइ हाल काठमाडौँ नागार्जुन २ बस्ने वर्ष ३७ को राजकुमार लामा रहेका छन्।
पूर्णबहादुर जेठाराले तीन जनालाई पोर्चुगल पठाउने भन्दै ९ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
यस्तै, राज कुमार लामाले एक जनालाई जापान पठाउने भनी ५ लाख ५० हजार रुपैयाँ ठगी गरेको पाइएको छ।
लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरूले दिएको जाहेरीका आधारमा उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया