सीएनएनकाअनुसार एमा नाम गरेकी बालिकाको जर्जियास्थित एटलान्टा अस्पतालमा उपचार भइरहेको छ।
गत मार्च १५ मा निमोनियाले थला परेकी एमा गत शुक्रबार कोरोना भाइरसबाट संक्रमित बनेको अस्पतालले जनाएको थियो।
स्वासप्रस्वासमा समस्या आएपछि उनलाई शनिबार भेन्टिलेटरमा राखिएको थियो। हाल उनको अवस्था सामान्य रहेको बताइएको छ।
एमा हालैका दिनमा कुनै देश भ्रमण गएकी थिइनन्। यद्यपी उनका कसरी कोरोनाको संक्रमण भयो भनेर स्थानीय प्रशासनले उनका परिवारसँग अनुसन्धान गरिरहेको छ।
एमाको परिवारलाई पनि क्वारेन्टीनमा राखिएको छ। विश्वको १ सय ८० भन्दा बढी मुलुकमा फैलिसकेको कोरोना भाइरसका कारण हालसम्म ३ लाख ४० हजार बिरामी परेका छन्।
१४ हजारभन्दा बढीको मृत्यु भइसक्दा अमेरिका पनि कोरोनाले प्रभावित बनेको छ। अमेरिकामा हालसम्म ३५हजार ७० संक्रमित पुष्टि भएका छन्। त्यहाँ कोरोनाले ४५८ को ज्यान लिइसकेको छ।

प्रतिक्रिया