समाज


देशभर २० हजारभन्दा बढी अनुचित लेनदेनका उजुरी

देशभर २० हजारभन्दा बढी अनुचित लेनदेनका उजुरी

नेपालखबर
फागुन ५, २०८१ सोमबार १६:३९, काठमाडौँ

देशभर २० हजारभन्दा बढी अनुचित लेनदेन (मिटर ब्याज) का उजुरी रहेको गृह मन्त्रालयले जनाएको छ।

सोमबा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले यसबारेमा जानकारी दिएको हो। 

मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीले २० हजार भन्दा बढी अनुचित लेनदेनका उजुरीहरु अहिले पनि रहेको बताए। उनले उजुरीहरुलाई फस्र्यौट गर्ने कुरामा मन्त्रायले तिब्रताका साथ कम गरिरहेको बताए। 

त्यस्तै सहकारी ठगीका मुद्दा आर्थिक वर्ष ०८१/०८२ को माघ २४ गतेसम्म ४८ वटा दर्ता भएको बताए। उनले ४३ जना पक्राउ पर्नुका साथै ५ अर्ब भन्दा बढीको बिगो रकम माग दाबी गरिएको बताए।

सहकारी सम्बन्धी मुद्दामा ३५० जना मानिस फरार रहेको बताए। मन्त्रालयले बेरुजु फस्र्यौटलाई शून्य बनाउन काम गरिरहेको बताए।

उनले भने, ‘०७९/०८० मा ११ अर्ब बिगो दाबी गरेर ९३ वटा मुद्दा विभिन्न जिल्लामा सहकारी ठगीका छन्। २०८ जना पक्राउ परेका थिए भने ५५३ जना फरार थिए। ०८०/८१ मा पनि १०१ मुद्दा दर्ता भएका छन्। २९४ जना मानिस पक्राउ परेका छन्। ८७० भन्दा बढीप्रति अभियोजना गरिएको छ। ११ अर्ब ६८ करोड भन्दा बढी रकम माग दाबी गरिएको छ। ०८१/०८२ को माघ २४ गतेसम्म ४८ वटा मुद्दा दर्ता भएका छन्। ४३ जना पक्राउ परेका छन्। ३५० जना मानिस फरार छन्। ५ अर्ब भन्दा बढीको बिगो रकम माग दाबी गरिएको छ।’

उनले सडक दुर्घटना, आत्महत्या, लागुऔषध दुव्र्यसन, साइबर अपराधका घटनाहरु अत्यधिक बढेको र सरकारले नियन्त्रणका लागि काम गरिरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad