समाज


‘डम्पिङ साइट’मा सालनालसहित नवजात शिशुको शव फेला

‘डम्पिङ साइट’मा सालनालसहित नवजात शिशुको शव फेला

नेपालखबर
फागुन २१, २०८१ बुधबार १०:४१, हेटाैँडा

मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित डम्पिङ साइटमा नवजात शिशुको शव फेला परेको छ।

स्थानीय फागुन २० गते साँझ करिब ६ः२५ बजे सो क्षेत्रमा नवजात शिशु (छोरी) को शव देखिएको जानकारी प्रहरीलाई गराएका थिए। 

स्थानीयको जानकारीपछि इलाका प्रहरी कार्यालय, मनहरीबाट प्रहरी निरीक्षक विशाल सापकोटाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

शवको प्रारम्भिक परीक्षणबाट उक्त शिशुको जन्म हालै मात्र भएको अनुमान गरिएको छ। शिशुको शव सालनालसहित रहेकोले करिब १र२ दिनअघि जन्मिएको र फालिएको हुन सक्ने आशंका प्रहरीले गरेको छ।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस घटनाको दोषी पत्ता लगाउन आवश्यक अनुसन्धान जारी रहेको र दोषीमाथि कानूनी कारबाही हुने प्रहरीले जानकारी दिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad