समाज


एसईई दिएर फर्किएका छात्र तामाकोसीमा डुबे

एसईई दिएर फर्किएका छात्र तामाकोसीमा डुबे

नेपालखबर
चैत ७, २०८१ बिहिबार १८:१९, काठमाडौँ

एसईईको परीक्षा दिएर फर्किएका एक छात्रको तामाकोसीमा डुबेर मृत्यु भएको छ। 

बिहीबार अनिवार्य अंग्रेजी विषयको परीक्षाा दिएर साथीहरूसँग नदीमा नुहाउन गएका विगु गाउँपालिका–२, ओराङका १७ वर्षीय प्रवीण तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए।

ओराङको देउलाङग्श्वरी माध्यमिक विद्यालयमा अध्ययन गरेका उनको परीक्षा केन्द्र विगु-१, जगतको गौरीशंकर माध्यमिक विद्यालयमा थियो।

तर पहिलो दिनको परीक्षा दिएर साथीहरूसँग पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जानकारी आएपछि प्रहरीले घटनास्थलमा पुगेर शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगेको छ।

उनी एसईई परीक्षा दिन जगतमा कोठा भाडामा लिएर बसेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad