समाज


सरकारले स्थानीय तहलाई भन्यो: गुजारामा समस्या परेकालाई खानाको प्रबन्ध गर

सरकारले स्थानीय तहलाई भन्यो: गुजारामा समस्या परेकालाई खानाको प्रबन्ध गर

नेपालखबर
चैत १४, २०७६ शुक्रबार १२:५५,

लकडाउनको कारण दैनिक गुजारा चलाउन समस्या परेका व्यक्तिहरुलाई खानाको उचित व्यवस्थापन गर्ने सरकारले स्थानीय तहलाई निर्देशन दिएको छ।

कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचार उच्च स्तरीय समन्वय समितिको आज भएको बैठकले दैनिक गुजारा चलाउन समस्या परेका व्यक्तिहरुको पहिचान गरी व्यवस्थापन गर्न निर्देशन दिएको हो।

‘लकडाउनको कारण दैनिक गुजार चलाउन समस्या परेकाहरुको पहिचान गरेर उनीहरुको उचित व्यवस्थापन गर्न स्थानीय तहलाई निर्देशन दिने निर्णय भएको छु बैठकमा सहभागी मन्त्रीले भने, ‘तत्कालका लागि स्थानीय तहले आफ्नै कोषबाट यस प्रकारको व्यवस्था गर्ने निर्देशन दिइएको छ।’

विभिन्न तहबाट विपन्न वर्गलाई लकडाउनका कारण दैनिक गुजारा चलाउन अफ्ठेरो भएको रिपोर्ट आएपछि उप प्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको समितिको यस्तो निर्णय गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad