समाज


खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्षसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा

खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्षसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
चैत १३, २०८१ बुधबार १६:५५, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्कबहादुर रोकायासहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

उनीहरूले १४ लाख ८ हजार ८१७ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको  हो।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा खप्तडछान्ना गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपककुमार रावल, वडा नं ४ का तत्कालीन वडाध्यक्ष भीमबहादुर रोकाया, तत्कालीन इन्जिनियर सुरेन्द्रबहादुर खाती, तत्कालीन प्राविधिक असिष्टेन्ट इन्जिनियर जनक थामा मगर, तत्कालीन लेखापाल मदनराज जोशी र उपभोक्ता समितिको तत्कालीन अध्यक्ष शमशेर रोकाय छन्।

अख्तियारले दायर गरेको मुद्दामा प्रत्येकसँग १४ लाख ८ हजार ८१७ रुपैयाँ बिगो दाबी गरिएको छ। 

खप्तडछान्ना गाउँपालिका वडा नं. ४ स्थित सिम्लका घट्ट सिँचाइ कुलो निर्माणमा अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो। 

अनुसन्धान हुँदा सिम्लका घट्ट सिँचाइ योजना निर्माणमा झुट्टा बिल भरपाइका आधारमा उनीहरूले १४ लाख ८ हजार ८१७ रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad