जनकपुरमा मास्क, ग्ल्वसको कालोबजारी गर्ने एक औषधि व्यवसायी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जनकपुरको प्रादेशिक अस्पताल स्थित बजरंग सर्जिकल स्टोरका सञ्चालक ३६ वर्षीय राजेशकुमार झा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको मौका छोपी मास्क प्रति पिस ७ सय ५० र ग्ल्वस प्रतिपोका ५ सयमा बेचिरहेको अवस्थामा उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको हो।
झालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया