समाज


काठमाडौँको वायु प्रदूषण हट्न अझै केही दिन लाग्छ: मौसमविद्

काठमाडौँको वायु प्रदूषण हट्न अझै केही दिन लाग्छ: मौसमविद्

फाइल तस्बिर


नेपालखबर
चैत २१, २०८१ बिहिबार ८:७, काठमाडौँ

विगत केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौँ उपत्यकामा डम्म लागेको धुवाँ र धुलोसहितको तुवाँलो फाट्न अझ केही दिन लाग्ने मौसमविद्ले बताएका छन्। 

भोलि शुक्रबारदेखि वायुको वेग आजको तुलनामा अधिक हुने सम्भावना रहेकाले क्रमशः सुधार भई आकाश खुल्ने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनले बताइन्। 

हाल राजधानी उपत्यकामा वर्षा हुने अवस्था नरहेको तर क्रमशः यहाँको आकाशबाट बादल हट्ने लक्षण देखिएको उनको भनाई छ। बुधबारको तुलनामा आज तापक्रम पनि केही घटेको जानकारी दिँदै उनले भोलिदेखि क्रमशः तापक्रम पनि बढ्ने जानकारी दिइन्।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव छ। लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागको मौसम अहिले आंशिक बदली छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad