तेह्रथुम सरोकार समाजले भोलि गुन्डुमा वनभोज कार्यक्रम गर्ने भएको छ।
यस वर्ष हुनलागेको यो नवौँ कार्यक्रम हो। समाजको २९औँ पूर्ण बैठकले यो कार्यक्रम राखेको हो।
यसअघि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा समाजले वनभोज कार्यक्रम राखिसकेको छ।
समाजका अध्यक्ष डिल्लीराम ढुंगेलले उपत्यकामा बस्ने तेह्रथुमवासीहरुबीच एकता, भ्रातृत्व र सामूहिक सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले वनभोज कार्यक्रम राखिएको जानकारी दिए।
शनिबार हुने कार्यक्रममा लिम्बू समुदायमा चर्चित च्याब्रुङ नृत्य र धाननाच प्रदर्शनलगायतका मनोरञ्जनात्मक प्रस्तुति समेत हेर्न पाइनेछ।
546
Shares

प्रतिक्रिया