समाज


कञ्चनपुरमा अवरुद्ध पूर्वपश्चिम राजमार्ग सञ्चालन

कञ्चनपुरमा अवरुद्ध पूर्वपश्चिम राजमार्ग सञ्चालन

नेपालखबर
चैत २२, २०८१ शुक्रबार २१:२, कञ्चनपुर

यातायात मजदुरले कञ्चनपुरमा अवरुद्ध गरेको पूर्वपश्चिम राजमार्ग सञ्चालन भएको छ। बिहान ६ः०० बजेदेखि अवरुद्ध राजमार्ग दिउँसोदेखि सञ्चालन भएको छ। राजमार्गका ठाउँठाउँमा मजदुरले गाडी तेर्स्याएर अवरोध सृजना गर्दा यात्रुहरूले पैदल नै गन्तव्यमा जानुपरेको थियो।

सवारी चालक मुकेशराज अवस्थीमाथि सवारी दुर्घटनामा मुद्दा चलाएर बिहीबार पुर्पपक्षका लागि अदालतले कारागार चलाउन गरेपछि रिहाइको माग गर्दै यातायात मजदुरले आज राजमार्ग अवरुद्ध गरेका थिए।

चालकका  आफन्तले उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासमा दायर गरेको रिटमा सोमबार पेसी तोकिएपछि अवरुद्ध पूर्वपश्चिम राजर्माग सञ्चालन भएको छ।

सवारी चालक अवस्थीका आफन्तले कञ्चनपुर जिल्ला अदालतले गरेको फैसलाविरुद्ध उच्च अदालतमा दायर गरेको रिटको पेसी तोकिएपछि आन्दोलनरत पक्षले अवरुद्ध राजर्माग खुलाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए। उनका अनुसार यातायात र प्रशासनबीच भएको छलफलमा आन्दोलन स्थगन गर्ने सहमति भएको छ।

माघ १९ गते कृष्णपुर नगरपालिका–२, बङ्कमा सुप्र०२००१ज ४४७ नम्बरको बसले प्रदेश ३०२०१२प९४०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सनत रेग्मी र कमलकान्त जोशी घाइते भएका थिए। त्यसपछि बस चालक अवस्थीमाथि अङ्गभङ्ग मुद्दा चलाइएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad