समाज


रवि लामिछानेलाई जहाजमार्फत बुटवल लगिँदै

रवि लामिछानेलाई जहाजमार्फत बुटवल लगिँदै

फाइल तस्बिर


नेपालखबर
चैत २३, २०८१ शनिबार ६:५१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (शनिबार) बिहान बुटवल लगिँदैछ। 

सहकारी ठगी अभियोगमा गएराति आफ्नै निवासबाट पक्राउ परेका लामिछानेलाई  आज बिहान जहाजमार्फत् भैरहवा हुँदै रुपन्देहीको बुटवल लैजान लागिएको हो। 

लामिछानेलाई गएराति काठमाडौँ प्रहरीकै हिरासतमा राखिएको छ। 

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार उनलाई एक लाख धरौटीमा रिहा गर्ने जिल्ला अदालतको आदेश बदर गर्दै थुनामा पठाउने आदेश दिएको थियो। 

यसअघि जिल्ला अदालतले सोही मुद्दामा छविलाल जोशीलाई थुनामा पठाउने र रविलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। उच्चले छविलाई थुनामा पठाउने आदेश सदर गर्दै रविलाई पनि थुनामा पठाउने आदेश गरेको हो।

न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविको आदेश बदर गर्दै उनलाई पनि थुनामा पठाउने आदेश गरेको हो। 

अदालतको आदेश लगतै प्रहरी रविलाई पक्राउ गर्न काठमाडौँस्थित निवासमा पुगेको थियो। यसअघि रवि चार वटा जिल्ला अदालतमा धरौटी बुझाएर रिहा भएका थिए।

ती चारवटै आदेशविरुद्ध उनी र सरकारी वकिल पनि उच्च अदालतमा गएका छन्। तर अब उनी उच्चको आदेशविरुद्ध थुनामै बसेर सर्वोच्च जान सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad