समाज


सरकारलाई सुनाउन सिठी फुक्दै सडकमा शिक्षकहरू (तस्बिरहरू)

सरकारलाई सुनाउन सिठी फुक्दै सडकमा शिक्षकहरू (तस्बिरहरू)

सरोज नेपाल
चैत २४, २०८१ आइतबार १४:१४, काठमाडौँ

देशभरका शिक्षकहरू काठमाडौँको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सडकमा प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले शिक्षा ऐन जारी गर्न र विगतका सम्झौता कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराइरहेका छन्। 

यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरमा रिले अनशनमा बसेर आन्दोलन सुरु गरेका उनीहरू यसपटक सडकमा ओर्लिएका हुन्।  

शिक्षा ऐन जारी गर, शिक्षकलाई ढाँट्न पाइँदैन, संसद् अधिवेशन चालु गरलगायतको मागसहितको नारा लगाउँदै शिक्षकहरूले सिठी फुकेर प्रदर्शन गरेका छन्।  

नेपाल शिक्षक महासंघले सडक केन्द्रित आन्दोलन माग पूरा नहुन्जेल चलिरहने बताएको छ। संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलका क्रममा रहेको विद्यालय शिक्षा विधेयकलाई चाँडोभन्दा चाँडो ऐनको रूप दिनुपर्ने उनीहरूको माग छ।  

ऐनमा शिक्षकसँग यसअघि भएका सहमति हुबहु कार्यान्वयन हुनुपर्ने माग उनीहरूले राखेका छन्। यसअघि गएको असोज पहिलो साता भएको शिक्षकको पाँचदिने सडक आन्दोलनपछि सरकारसँग सातबुँदे सहमति भएको थियो। तर सहमति कार्यान्वयन भएको छैन।

संसद्काे हिउँदे अधिवेशन अन्त्य भइसकेकाले शिक्षकहरूकाे माग तत्काल पूरा हुने देखिँदैन। तर अध्यादेश ल्याएर भए पनि माग पूरा गर्नुपर्ने उनीहरूको माग छ। त्यसो त उनीहरूले अधिवेशन तत्काल बोलाउन पनि माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad