समाज


नेपालका शिक्षकहरुको आन्दोलनप्रति विश्व शिक्षक महासंघको ऐक्यबद्धता

नेपालका शिक्षकहरुको आन्दोलनप्रति विश्व शिक्षक महासंघको ऐक्यबद्धता

नेपालखबर
चैत २४, २०८१ आइतबार २१:१६, काठमाडौँ

विद्यालय शिक्षा ऐनमा आफूहरुका माग समेटी छिटो जारी गर्नुपर्ने भन्दै आन्दोलित भएका नेपालका शिक्षहरुको आन्दोलनप्रति विश्व शिक्षक महासंघले ऐक्यबद्धता जनाएको छ। 

महासंघले आइतबार विज्ञप्ति जारी गर्दै शिक्षकहरुको आन्दोलन एक्लो नभएको बताएको हो। ‘नेपालका शिक्षकहरूको आन्दोलन एक्लो छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘तपाईंको संघर्ष हाम्रो संघर्ष हो।’

गुणस्तरीय, समान र पहुँच योग्य शिक्षा को लागि आवाज उठाएको भन्दै महासंघले शिक्षकहरुको प्रशंसा समेत गरेको छ। ‘नेपालका शिक्षकहरूको व्यावसायिक प्रतिष्ठा, राम्रो कार्यस्थितिहरूको लागि संघर्ष र सामाजिक न्यायका लागि शैक्षिक परिवर्तनको लडाइँ हाम्रो अन्तर्राष्ट्रिय आन्दोलनका लक्ष्यहरूसँग मजबुत रूपमा मेल खान्छ,’ विज्ञप्तिमा भनिएको छ।  

सरकारलाई आफ्ना माग सुनाउ शिक्षकहरु केहीदिनदेखि काठमाडौँ केन्द्रित प्रदर्शन गरिरहेका छन्। नेपाल शिक्षक महासंघको अगुवाइमा भएको प्रदर्शन बैशखा २५ गतेदेखि शैक्षिक आमहड्तालमा परिणत हुने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad