समाज


जडीबुटी उद्योगमा आगो लगाउने मुख्य अभियुक्त पक्राउ

जडीबुटी उद्योगमा आगो लगाउने मुख्य अभियुक्त पक्राउ

नेपालखबर
चैत २५, २०८१ सोमबार १५:४७, काठमाडौँ

चैत १५ गते कोटेश्वरस्थित जडीबुटी उद्योगमा आगो लगाउने ‘मुख्य व्यक्ति’लाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सीसीटीभी र भिडिओका आधारमा पहिचान गर्दै उनलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसेका २७ वर्षीय कुमार तामाङ रहेका छन्। उनले जडिबुटी चोकको ट्राफिक लाइट पनि फुटाएको प्रहरीको आरोप छ। उनैले जडिबुटी उद्योगमा पनि आगो लगाएको भिडिओमा देखिएको छ।

यसअघि अर्का व्यक्तिलाई पनि पक्राउ गरेको थियो।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको अनुसन्धान कार्यालयले जनाएको छ।

राप्रपा र दुर्गा प्रसाईंले आयोजजना गरेको प्रदर्शन हिंसात्मक बन्दा त्यहाँ दुई जनाको ज्यान गएको छ। प्रदर्शनकारीले व्यक्तिका घरमा तोडफोड तथा आगजनी गरेका थिए।

पछि प्रहरीसहित सरकारी गाडी, व्यक्तिका गााडी आगजनी गरेका थिए। विभिन्न ठाउँका सीसीटीभी तोडफोड गरेका उनीहरुले भाटभटेनी कम्प्लेक्समा लुटपाट गरेका थिए। यी घटनामा प्रहरीले ७० बढीलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री समेत रहेका सांसद धवल शमशेर राणा पनि हिरासतमा छन्। तर यो प्रदर्शनका कमाण्डर तोाकिएका दुर्गा प्रसाईं भने फरार छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad