दुर्गा प्रसाईंका दाइ राकेश प्रसाईं रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले प्रसाईंलाई मंगलबार साँझ हाजिरीजमानीमा रिहा गरेको एसपी अपीलराज बोहराले बताए।
उनी रिहा भएपनि तीन कुने घटनामा संलग्नता रहे नरेहको विषयमा भने अनुसन्धान जारी रहने पनि उनले बताएका छन्।
तीन कुने घटनामा अनुसन्धान गर्न भन्दै राकेशलाई परिसरले सोमबार नियन्त्रणमा लिएको थियो।
दुर्गा प्रसाईं भने फरार छन्। चैत १५ गतेको कार्यक्रमको कमाण्डर तोकिएका प्रसाईं दुई जनाको ज्यान जाने गरी प्रदर्शन हिंसात्मक बनेपछि त्यसैदिन भागेका थिए।
उनलाई प्रहरीले खोजि गरिरहेको भएपनि पक्राउ गर्न सकेको छैन। अरु ७५ जनालाई भने हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।
1.2k
Shares

प्रतिक्रिया